Paschim News

प्रकाशित : २०७५/६/३० गते

वन सुरक्षाकर्मीको टोलीले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाबाट तीन वटा भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका कृष्ण चौधरी, वीरबहादुर चौधरी, दिलबहादुर चौधरी, रमेश चौधरी र अनिल चौधरी रहेका छन् ।

उनीहरुका साथबाट तीन वटा भरुवा बन्दुक, त्यसमा लाग्ने गोली र बारुद बरामद गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त कार्यालय प्रमुख गोपालबहादुर घिमिरेले बताए ।

निकुञ्ज सुरक्षार्थ खटिएका वन सुरक्षाकर्मीहरुले सोमबार उनीहरुलाई बन्दुकसहित पक्राउ गरेको हो ।

केही दिन अगाडि उनीहरु बन्दुक लिएको अवस्थामा निकुञ्जको सिसी क्यामेरामा देखिएका थिए।

त्यसपछि उनीहरुको भागेर भारत गए । त्यसै समयदेखि निकुञ्ज कार्यालयले उनीहरुमाथि निगरानी गदै आएको थियो ।

दशैं मनाउनका लागि भारतबाट घर आएका बेला उनीहरुलाई पक्राउ गरिएका हो ।

पक्राउ परेकाहरु पाँचै जनालार्ई निकुञ्जको मझगाउँस्थित कार्यालयमा राखिएको छ ।

उनीहरुलाई वन्यजन्तु चोरी सिकारी, हातहतियार तथा खरखजना अन्तर्गत मुद्दा चलाइने भएको छ ।

प्रतिकृया दिनुहोस्