Paschim News

प्रकाशित : २०७५/७/९ गते

बागमती अञ्चलनमा रोकिएको मोटरसाइकल दर्ता प्रक्रिया सरकारले फुकुवा गराउने भएको छ । यातायात व्यवस्था नियमावलीमा मोटरसाइकलको लट संख्या दुई अंकको मात्र हुने व्यवस्था भएका कारण असोज १६ देखि बागमतीमा मोटरसाइकल दर्ता रोकिएको थियो ।

‘बा ९९ प ९९९९’ नम्बरसम्म दर्ता भइसकेपछि लट नम्बर १०० मा दुईपांग्रे दर्ता गर्न नियमावली बाधक भएकाले विभागले दर्ता रोकेको थियो । ‘नियमावलीको संशोधन प्रस्ताव मन्त्रिपरिषदले स्वीकृत गर्ने तयारी भइसकेकोे छ’, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले भने– ‘संशोधित नियमावली एक–दुई दिनभित्रै राजपत्रमा प्रकाशित गरिनेछ ।’

प्रत्येक लटमा १० हजार मोटरसाइकल दर्ता भएपछि लट परिवर्तन गरिन्छ । सोही अनुसार बागमती अञ्चलमा दर्ता पुगिसकेको छ । 

प्रतिकृया दिनुहोस्