Paschim News

प्रकाशित : २०७५/७/१८ गते

मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको निधन भएको छ।

केही दिनअघि नर्भिक अस्पतालमा भर्ना भएका तुलाधरको आइतबार दिउँसो निधन भएको हो।

अन्नपूर्ण न्यूरो अस्पतालबाट तुलाधरलाई नर्भिकमा सारिएको  थियो। तुलाधर मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएको थियो। ७८ वर्षीय तुलाधरको आइतबार दिउँसो पौने एक बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

अन्तिममा उनको मल्टीअर्गान फेलियरुका कारण देहावसान भएको बताइएको छ। केही वर्षअघि उनको मुटुको शल्यक्रिया गरिएको थियो।

मानवअधिकार संरक्षण मञ्चलगायत मानवअधिकार संगठनहरूका संस्थापक रहेका तुलाधर काठमाडौंबाट तत्कालीन राष्ट्रिय पंचायत सदस्य निर्वाचित भएका थिए। २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको एमाले अल्पमत सरकारमा स्वास्थ्यमन्त्री रहेका पद्मरत्न कुनै दलमा आवद्ध नभए पनि उनको वाम आन्दोलनमा सम्वद्धता निरन्तर थियो।

सरकार र माओवादी वार्ताका क्रममा उनी सहजकर्ताको रूपमा सक्रिय थिए। तुलाधरको पार्थिव शरीर उनकै निवास लाजिम्पाटमा राखिने र भोलि दाहस‌ंस्कार गरिनेछ।

पदप्रति कुनै लाेभ नभएकाे नेताका रूपमा चर्चित तुलाधर हाल मानवअधिकारवादीका रूपमा सक्रिय थिए ।

 

प्रतिकृया दिनुहोस्