Paschim News

प्रकाशित : २०७५/७/२० गते

सनातन धर्ममा कुकुरको विशेष महत्व छ । कुकर मानव सभ्यता देखिनै मानवसंग अत्यन्त नजिक रहेको एउटा बफादार जनावरको रूपमा लिइन्छ ।

ऋगवेदमा प्रष्टसंग ‘समरा’को बारेमा उल्लेख गरिएको छ । ‘समरा’ अर्थात् कुकुरहरुकी आमाले स्वर्गका राजा ईन्द्रलाई उनको हराएको वस्तु भेटाउन सहयोग गरेको प्रसङ्ग उल्लेख छ ।

हिन्दु परम्परा अनुरुप कुकुरलाई अभिभावक, सुरक्षाकर्मी अनि यमराजको दुत मान्ने गरिन्छ र मृत्यूपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको कथन छ । महाभारतमा पनि सत्यवादी यूधिष्ठिरले आफ्नो भक्त कुकुर विना स्वर्गमा जान नमानेको कुरा उल्लेख छ ।

कुकुरलाई धर्मको अवधारणागत उदाहरण र सत्य मार्गको प्रतिनिधीकारुपमा पनि लिइन्छ । तन्त्रसाधक, निडर, अति शक्तिशाली भगवान भैरवको वाहन पनि कुकुर नै हो ।

चाणक्य नीतिमा पनि कुकुरलाई पातलो निन्द्राभएको बफादार अनि चनाखो साथै थोरै खाएर भएपनि सन्तुष्ट हुनसक्ने प्राणिकारुपमा ब्याख्या गरिएको छ । यि त भए शास्त्रका कुरा तर आधुनिक यूगको इतिहासमा पनि सर्वप्रथम पृथ्वीको कक्षबाहिर परिक्रमागर्दै अन्तरिक्षमा सन् १९५७ मा ‘लाइका’ नामक कुकर पुगेको हो ।

त्यसैगरि सन् १९२३ मा जापानको ओडाटेमा जन्मिएको ‘हाछिको’ नामक कुकुर र उसको मालिकप्रतिको बफादारीताको दृष्टान्त स्वरुप बनाइएको चलचित्र ‘हाछिको’ आजपनि विश्वभरि लोकप्रिय छ र उक्त चलचित्र हेरेर धेरै आँखा रसाएका छन् ।

आज यिनै कुकुरहरुको पूजा गरिने दिन हो है, आजको दिन कुकुरलाई विधीवतरुपमा पूजा गर्ने, अाश्रय दिने तथा खान दिने मान्छेहरुलाई धर्म र पूण्य मिल्ने जनश्रुती छ ।

मानव समाज र कुकुरहरुको जुन बलियो र पुरानो सम्बन्ध छ आज त्यो सहअस्तित्वको सम्मान तथा अर्चना गरिन्छ । आज घरपालुवा मात्र भनई सडकका कुकुरहरुलाई पनि माला पहिर्याएर, अबिरको टिका लगाइदिएर अनि खान दिएर पूजा गरिन्छ ।

यसरी फूलको माला लगाइदिनाले माला पहिरिने मान्छे, मुर्ती या जनावरलाई विशेष महत्व दिएको मानिन्छ यसअर्थमा आजको दिन कुकुरहरुप्रति समर्पित दिन हो । हाम्राे पात्राेबाट

प्रतिकृया दिनुहोस्