Paschim News

प्रकाशित : २०७५/७/२१ गते

तिहारकाे तेस्राे दिन अर्थात अाज धनकी देवी लक्ष्मीकाे पूजा अर्चना गरी मनाइदैछ ।

अाज गार्इ तिहारे अाैशी पनि हाे ।

अाज बिहानै गार्इ पूजा गरिन्छ तर यस वर्षकाे पात्राेमा जनाइए अनुसार गार्इ र गाेरू पूजा भाेली गर्न उपयुक्त हुन्छ । अाज साझ ५ः५३ देखी ८ः०० बजेसम्म लक्ष्मी पूजाकाे उपयुक्त साइत रहेकाे ज्याेतिषीहरूकाे भनार्इ छ ।

 वैदिक सनातन हिन्दु संस्कार अनि सनातन धर्ममा गाइको स्थान एकदमै उच्च छ ।

हिन्दु धर्मावलम्वीहरुले आमाको स्थानमा अर्थात् मातृ रुपमा हेर्ने गाइका हरेक कुराहरु पूजनयोग्य मानिन्छ । कुनै चोखोनितो काम गर्दा यीनै गौमाताको गौंत अभिशेष सेचन तथा सेवन गरी गर्ने गरिन्छ ।

पारम्परीक नेपाली माटोका घरहरू एकाविहानै गाइको गोबर र माटो मिसाएर दैलो, चूल्होलार्इ लिप्ने चलन छ । गाइको दूधको महिमा त अपरम्पारै छ ।

आजको साँझ विभिन्न रङ्गहरु प्रयोगगर्दै आँगनीमा विभिन्न अाकार प्रकारका रङ्गोली बनाउने चलन पनि छ । गोलो, थ्याप्चो, चारकुने, त्रिभूजाकार स्वरूपमा तयार पारिन्छ ।

अर्कोतर्फ आजको दिन राती लक्ष्मी भगवान पृथ्वीलोकमा आउने र आशिष दिएर जाने जनउक्ति पनि छ, त्यसैकारणले आज घर अगाडीको तुलसी मोठ या आँगनीको प्रवेशद्वारबाटै लक्ष्मीका पाईलारुपी रङ्गीन डोबहरुका छाप घरका सम्पूर्ण कोठाहरुमा लगिन्छ, यीनै पाईलाका छाप अनुरुप लक्ष्मीको घरमा प्रवेश हुन्छ भन्ने जनविश्वाश पनि छ ।

रङ्गहरु, बत्तिहरु अनि पर्विय उल्लासले गर्दा आजको दिन सम्पूर्ण ताराहरु आकाशबाट पृथ्वीलोकमा झरेर सबैका आँगनीमा बत्तिकारुपमा बलिरहेका छन् जस्तो लाग्छ ।

अाजकाे साँझ युवायुवती जम्मा भर्इ भैलाे खेल्ने गरिन्छ । भैलाे खेल्न अाउने समुहले दिएकाे अाशिस् लाग्ने भन्ने पनि अाम बिश्वास रहेकाे छ ।

 

प्रतिकृया दिनुहोस्