Paschim News

प्रकाशित : २०७५/६/५ गते

भक्तपुर/इप्सन भक्तपुर अन्तर्गत नगरकोट सनराइज स्कुलको आयोजनामा सम्पन्न अंग्रेजी हस्तलेखन प्रतियोगितामा मदरल्याण्ड स्कूलका विद्यार्थीहरु अब्बल ठहरिएका छन् ।

२७ जना विद्यार्थीहरु बीच भएको अंग्रेजी हस्तलेखन प्रतियोगितामा सुर्य्विनायक नगरपालिका वडा ९, भातेढिकुर स्थित मदरल्याण्ड स्कुलका अन्जु त्रिपाठी प्रथम, सुरक्षा थापा द्वितीय, किमेश बस्नेत तृतीय र सान्त्वना गुन्डूमा रहेको हिमाल एकेडेमीकी छात्रा ग्रीष्मा नगरकोटी भएका छन् ।

विजयी विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच शिक्षा समन्वय इकाई भक्तपुरका प्रमुख हरि प्रसाद दाहालले पदक तथा पुरस्कार वितरण गरेका थिए ।

प्रतिकृया दिनुहोस्