Paschim News

प्रकाशित : २०७५/६/१८ गते

यस बर्ष को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस एच. अनाल्गड, जर्ज पी स्मीथ र ग्रेगरी पी विन्टरलाई दिने घोषणा गरिएको छ ।

उनीहरुले औषधी उपचारमा प्रयोग हुने नयाँ प्रोटिनको विकास र टेष्टट्युबमा डार्विनको सिद्वान्त प्रयोगको लागी उनीहरुलाई नोबेल पुरस्कार २०१८ अवार्ड प्रदान गरिएको छ ।

 यसरी भयो स्थापना विश्वकै ठूलो पुरस्कार नोबेलकाेः

शान्ति, साहित्य, भौतिक, रसायन, चिकित्सा विज्ञान र अर्थशास्त्रको क्षेत्रमा विश्वकै ठूलो मानिने पुरस्कार हो, नोबेल पुरस्कार ।

सन् १९०१ देखि यो पुरस्कार दिन सुरु गरिएको हो ।

अर्थशास्त्रको क्षेत्रमा नोबेल पुरस्कार दिन थालिएको भने १९६८ देखि हो ।

नोबेल शान्ति पुरस्कार नर्वेको राजधानी ओस्लोमा दिइन्छ भने अन्य विधाका भने स्विडेनको राजधानी स्टकहोममा दिइन्छ ।

अहिलेसम्म झन्डै आठ सय व्यक्तिले नोबेल पुरस्कार पाइसकेका छन् । यो पुरस्कार संयुक्त रूपमा तीनजनासम्मले पाउन सक्छन् ।

विश्वकै ठूलो नोबेल पुरस्कार स्थापनाको कहानी भने रोचक छ ।

१८५० को दशकका एक चर्चित व्यक्ति अलफ्रेड बर्नहार्ड नोबेलको नाममा नोबेल पुरस्कार स्थापना भएको हो ।

स्विडेनमा जन्मिएका अलफ्रेड ती व्यक्ति हुन्, जसले बारुद आविस्कार गरेका थिए ।

बारुद बनाएर उनले विश्वमा कयौँको ज्यान लिन भूमिका खेलेको भन्दै उनले जीवनमा धेरै आलोचना खेपे ।

१८८८ मा एउटा पत्रिकाले उनको मृत्यु भएको खबर छाप्यो ।

पत्रिकाको हेडलाइन थियो, ‘मृत्युको व्यापारीको मृत्यु’ ।

पत्रिकाले बारुद आविस्कार कार्यको पहिल्लेदेखि निन्दा गर्दै आएको थियो ।

तर, पत्रिकामा छापिएको अलफ्रेडको मृत्युको खबर सत्य थिएन । त्यतिवेला उनको भाइको मृत्यु भएको थियो ।

बारुद आविस्कारको भरपूर निन्दासहित आफ्नै मृत्युको खबर पत्रिकामा पढेपछि अलफ्रेड गहिरो पीडामा परे ।

जीवन र आफ्नो कामप्रति उनलाई ठूलो पीडाबोध भयो ।

बारुद आविस्कार गरेर कमाएको सम्पत्तिमा कुनै जित महसुस भएन ।

अन्ततः उनी आफ्नो निजी सम्पत्ति विश्वका लागि केही राम्रो गनेरुका लागि दान दिने निर्णयमा पुगे ।

ताकि मृत्युपछि विश्वभरका मान्छेले आफ्नो नाम यही कामलाई लिएर पुकारून् ।

लगत्तै, उनले एउटा मञ्जुरीनामा लेख्दै निजी सम्पत्तिको ठूलो हिस्सा एउटा ट्रस्टको नाममा गरिदिए ।

उनको इच्छा थियो कि आफूले दिएको पैसाको ब्याजले हरेक वर्ष विश्वका ती व्यक्ति सम्मानित होऊन्, जसले मानव जातिका लागि सबैभन्दा कल्याणकारी काम गरेका छन् ।

उनले ट्रस्टलाई दिएको पैसा स्विडिस बैंकमा जम्मा गरियो र त्यसबाट आएको ब्याजले हरेक वर्ष नोबेल पुरस्कार वितरण गर्न थालियो ।

१८९६ मा अलफ्रेडको मृत्यु भयो र १९०१ देखि उनकै नाममा नोबेल पुरस्कार दिन सुरु गरियो, जुन विश्वमा झन् झन् चर्चित बनिरहेको छ ।

 

 

प्रतिकृया दिनुहोस्