Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७५/६/२१ गते

गायक सिताराम पाेखरेलले यस वर्ष पनि अाफ्नाे जन्मदिनमा एक  विद्यार्थीलार्इ अार्थिक सहयाेग गरेका छन् ।

हरेक वर्ष आफ्नो जन्मदिनको अवसरमा अनाथ, अपांग, वृद्ववृद्वा र असहायलाई सहयोग गर्दै आएका गायक सीताराम पोखरेलले यस वर्ष जन्मदिनको अवसरमा छात्र सरोज शाहलाई आर्थिक सहयोग गरेका छन्।

पोखरेलले सीटीटीई कलेज तीनकुनेमा अध्यनरत सरोज शाहलाई १५ हजार रुपियाँ सहयोग गरेका हुन्।

श्रीमती रमा पोखरेल तथा सुविधाविहीनका लागि सीप र शिक्षाका अध्यक्ष सुधालाल मुल्मी, कार्यक्रम व्यवस्थापक मनोहर कार्कीको उपस्थितिमा पोखरेलले रकम सहयोग गरेका हुन्।

जन्मदिन मनाउँदा लाग्ने खर्त असहाय बालबालिकालार्इ सहयाेग गर्न पाउँदा खुशी लागेकाे साथै समाजसेवाका क्षेत्रमा निरन्तर लागि रहने गायक पाेखरेलकाे भनार्इ थियाे ।

प्रतिकृया दिनुहोस्