Paschim News

प्रकाशित : २०७५/६/२१ गते

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षकाे कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ ।

गत वर्ष जस्तै यस वर्ष पनि कक्षा ११ काे नतिजा उत्साहजनक हुन सकेन ।

यो वर्ष नियमिततर्फ ३ लाख ३२ हजार ८९१ विद्यार्थी सहभागी थिए ।

आंशिकतर्फ अक्षरांकनमा १ लाख ७६हजार ९५ र अंक प्रणालीमा ३९ हजार ५०५ विद्यार्थी सहभागी थिए ।नियमिततर्फ १ हजार १४५ विद्यार्थीले जीपीए ३.६१ देखि ४ सम्म ल्याएका छन् । ८ हजार ९ सय ४९ले जीपीए ३.२१ देखि ३.६० ल्याए ।

२४ हजार ५ सय १५ विद्यार्थीले जिपिए २.८१ देखि जिपिए ३.२० सम्म ल्याएका छन् । ४८ हजार ७ सय ३१ ले जीपीए २.४१ देखि २.८० सम्म र  ८६ हजार सात सय ७० परीक्षर्थीले २.१ देखि २.४० सम्म जीपीए ल्याए ।

९२ हजार ५ सय ९३ले जीपीए १.६१ देखि २ सम्म, ४१ हजार ४ सय ६ले जीपीए १.२१ देखि १.६० ल्याएका छन् ।

आठ हजार १ सय २७ ले जिपिए ०.८१ देखि १.२० सम्म र २० हजार ६ सय ८५ परीक्षार्थीले जीपीए ० देखि ०.८०सम्म ल्याएका छन् ।

आंशिकको अंक पद्धतिमा ३८.४१ प्रतिशत उत्तीर्ण भएका छन् ।

अंकतर्फ १५ हजार ३३३ जना उत्तीर्ण भएका छन् । १३१ जनाको परीक्षाफल रद्ध गरिएको छ ।

प्रतिकृया दिनुहोस्