Paschim News

प्रकाशित : २०७५/६/३० गते

नवरात्रको छैटौं दिन कालरात्रि स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दु¬र्गा, आफ्नो सातौं स्वरूपमा कालरात्रिको नामले विख्यात हुनुहुन्छ । देवी कालरात्रि घोर अन्धकार जस्तै कालो रङ्ग युक्त शारीरिक वर्ण भएको हुनुहुन्छ, यसै कारण देवी १ कालरात्रि नामले विख्यात हुनुहुन्छ । वहाँको स्वरूप डरलाग्दो रहेको छ, शिरको कपाल भयानक एवं बिग्रिएको छ, गोला गोला र ठुला ठुला तीन नेत्रले युक्त तथा मस्तकमा अर्ध चन्द्र विराजमान छ । देवी आफ्नो भुजाहरू तथा गलामा बिजुली जस्तै तरङ्ग भएको चमकदार माला धारण गरेकी, देवी कालरात्रि चार भुजाहरूले युक्त हुनुहुन्छ । आफ्नो दुवै दाहिने भुजाबाट देवी वर तथा अभय मुद्रा प्रदर्शित गरिरहनु भएको र बायाँ भुजामा खड्ग र पाश शक्ति धारण गरेकी हुनुहुन्छ । देवी को वाहन गधा हो अतस् देवी गधामा सवारी गर्नुहुन्छ । वहाँको नासिकाको श्वास प्रश्वासबाट अग्निको भयानक ज्वालाहरू निस्किरहन्छन् । देवी कालरात्रिको स्वरूप अत्यन्तै घोर एवं भयानक देखिनुहुन्छ, तर देवी संधै सदाचारीहरूको लागि शुभ फल प्रदान गर्नेवाली भएकाले वहाँको एउटा अर्को नाम शुभंकरीु पनि प्रसिद्ध छ ।

नवरात्रको सप्तमी तिथि माता कालरात्रिलाई समर्पित छ, वहाँको भक्तले श्रद्धा एवं भक्तिले कुनैपनि प्रकारबाट आतंकित या भयभीत हुनुपर्दैन, सबै परिस्थितिहरूमा सुरक्षित महसुस गर्दछन् । देवी कालरात्रिले दुष्टहरूको विनाश गर्नुहुन्छ, दैत्य, राक्षस, भूत, प्रेत इत्यादि अशुभ शक्तिहरू कालरात्रिको स्मरण मात्रले पनि भयभीत भएर पलायन हुन्छन् साथै ग्रह जनित दोषहरू देवीको कृपाले निवारण हुनेछ । देवी कालरात्रिको साधकले सर्वदा भयबाट मुक्त हुनेछ । कालरात्रि दुराचारि, पाखंडि तथा दुष्टहरूको लागी देवी घोर प्रताप तथा भयानक स्वरूप वाली हुनुहुन्छ र उनिहरुलाई दण्डित गर्ने वाली हुनुहुन्छ, अन्यथा देवीको शुभंकरी स्वरूप सदा सर्वदा शुभकै कारक रहेको हुन्छ । देवीको भक्तहरू हर प्रकारको भय जस्तै अग्नि भय, रोग भय, शत्रु भय इत्यादि भयबाट मुक्त रहन्छन् । ब्रह्माण्डको समस्त सिद्धिहरू देवीले आफ्नो भक्तहरूलाई प्रदान गर्नुका साथै समस्त पापलाई नाश गरी मृत्यु पश्चात् अक्षय पुण्य प्रदान गर्नुहुन्छ । कालरात्रि माताको श्रद्धा एवं भक्तिले गरेको पूजा एवं पाठका प्रभावले धर्म, अर्थ, काम तथा मोक्षलाई प्राप्त गर्न सकिन्छ र जन्म जन्मान्तरको पाप नष्ट हुने शास्त्रोक्त कथन रहेको छ । कालरात्रिलाई विशेष गरी रातो फूल तथा सबै प्रकारको सुगन्धित पुष्पहरू अधिक प्रिय छन् । कालरात्रिलाई वैज्ञानिक दृष्टिले Thermal अर्थात् प्रसारण शक्तिको स्वरूप मानिन्छ । अस्तु । । 

प्रतिकृया दिनुहोस्