News Portal

विद्यालयकाे पाठ्यक्रममा याेग पठाउनु पर्छः शिक्षामन्त्री पाेखरेल

१२१० पटक

जहाँ, जुन सन्दर्भको कार्यक्रममा पुग्यो, त्यही अनुसारका मौखिक आश्वासन दिँदै हिँड्ने विगतका सत्ताधारीहरुको चरित्र वर्तमान सरकारका जिम्मेवार मन्त्रीहरुले पनि दोहोर्‍याइरहेका छन् ।

यस्ता आश्वासन दिँदै हिँड्न हाम्रा मन्त्रीहरुलाई कुनै विचार–विमर्श, बहस–छलफल र अध्ययन–अनुसन्धानको आवश्यकता पर्दैन, बस्, निजी आम्दानीको सम्भावना, व्यक्तिगत अभिरुचि र गुटगत स्वार्थको योग भए पुगिहाल्छ ।

हालै मात्र ठीक यही प्रवृत्तिको पुनरावृत्ति गरेका छन् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले । बर्दिवास नगरपालिकाले बडादसैंको अवसरमा अहिले सातदिने योगशिविर सञ्चालन गरिरहेको छ । बर्दिवासमा फूलपातीका दिन (मङ्गलबार) आफैं योगसाधनामा सामेल भएर मन्त्री पोखरेलले योगशिविरको शुभारम्भ गरे ।

सो अवसरमा योगले शरीर मात्र नभई मन, विचार र कामप्रतिको लगनलाई पनि स्वस्थ्य राख्ने मन्त्री पोखरेलले बताए । सदविचार, सदआचरण र सत्कर्म अवलम्वनमा योगले सघाउने उनले बताए । ‘योगले मानव मन र शरीरलाई जोड्ने कुरा विज्ञानले पुष्टि गरेको छ,’ मन्त्री पाखरेलले योग शिविरमा सहभागीलाई हौस्याँउँदै भने– ‘अब योगलाई शिविरमा मात्र होइन, आफ्नै घरमा नियमित दैनिक तालिकामा गाभ्नुहोस् ।’

यतिसम्म त ठीकै थियो, राष्ट्रको आवश्यकता, भावना र सन्दर्भ एवं पदीय हैसियत बिर्सेर मन्त्री पोखरेलले भन्दै गए– ‘वर्तमान सरकारले योगलाई अब उच्च प्राथमिकतामै राखेर माध्यमिक तहको पठनपाठनका लागि पाठ्यक्रममै राख्न लागेको छ ।’ विश्व स्वास्थ्य सङ्गठनले ६२ प्रतिशत नसर्ने रोगको भयानकता बताएकोतर्फ इङ्गित गर्दै योगले यो भयानकता नियन्त्रण गर्ने दावी मन्त्री पोखरेलले गरे ।

योगलाई अब अभियानकै रूपमा नगर क्षेत्रमा निरन्तरता दिइने वर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले योगशिविरमा बताए । शिविरमा काठमाडौं इञ्जिनियरिङ कलेज कालिमाटीका योग शिक्षक शान्त खरेलले प्रशिक्षण दिँदै छन् 

प्रतिकृया दिनुहोस्